Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ग्लोबल आइएमई बैंकको नाफामा सुधार

ग्लोबल आइएमई बैंकको नाफामा सुधार

दैनिकी न्यूज

१५, माघ २०७७
ग्लोबल आइएमई बैंकको नाफामा सुधार
images

काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ३७ दशमलव ३२ ले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्ष २०७७–०७८ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ कमाउन सफल भएको छ । बैंकले गत आर्थिक वर्ष २०७६–०७७ को सोहि अविधिमा १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा गत वर्षको आम्दानीभन्दा ३७ दशमलव ३२ प्रतिशतले वृद्धि भएको हो ।


यो त्रैमाससम्ममाबैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ, बैंकको खुद ब्याज आम्दानी १ अर्ब २२ करोड ३१ लाख रुपैयाँ बढेर ४ अर्ब ७७ करोड १८ लाख रुपैयाँ र बैंकको सञ्चालन मुनाफा ८६ करोड ८६ लाख रुपैयाँ बढेर ३ अर्ब २३ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ७० करोड ८ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६३ पैसा पुगेको छ । नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा सुधार देखिएको छ।

वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.७७ रुपैयाँबाट बढेर २१.४० रुपैयाँ पुगेको छ। पीई रेसियो १५.८४ प्रतिशत रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२.६३ रुपैयाँ रहेको छ।

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - ०७:४८:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology