काठमाडौं । केन्दीय कार्यालय काभ्रेमा रहेको महिला लघुवित्तले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ ८ गते कम्पनीलाई नियामक निकायले शेयर निष्काशनको अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसंगै लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर आईपिओ निष्काशन गर्ने छ । हाल ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ बिक्रीपछि चुक्ता पुँजी १० अर्ब पुग्नेछ । कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।