काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १८.७६ अकंले बढेको छ । बजार निरन्तर बढेपछि नेप्सेपरिसूचक २ हजार ४४१.८५ अंकमा पुगेको छ । यस्तै, बुधबार सेन्सेटिभ परिसूचक भने ०।८६ अंकले घटेर ४४६।३८ मा पुगेको छ ।
कूल २०८ वटा कम्पनीको एक करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ ।
त्यसैगरी, बुधबार ७ वटा कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक शेयरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।