Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कतिमा समायोजन भयो नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन ?

कतिमा समायोजन भयो नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन ?

दैनिकी न्यूज

१४, माघ २०७७
कतिमा समायोजन भयो नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन ?
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ८ सय ७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको ३१ बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार १ सय ९२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीको माघ ५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको बिसौँ वार्षिक साधारण सभा माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे हुने कम्पनीले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा कम्पनीको प्रति शेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पेश हुँदैछ । यो प्रस्ताव नियामक निकायले स्वीकृति दिएपछि मात्र लागू हुनेछ । 

images
प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - ०९:४१:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology