Logo

शनिवार, आश्विन २४ गते २०८३

images

शेयर बजारमा सामान्य करेक्सन, ८ अर्ब २७ करोडको कारोबार

शेयर बजारमा सामान्य करेक्सन, ८ अर्ब २७ करोडको कारोबार

दैनिकी न्यूज

१३, माघ २०७७
शेयर बजारमा सामान्य करेक्सन, ८ अर्ब २७ करोडको कारोबार
images

काठमाडौं । केहि दिनदेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) सामान्य करेक्सन भएको छ ।

आज नेप्से १७.७९ अंकले घटेर २ हजार चार सय २३.०९ विन्दुमा पुगेको छ । त्यस्तै, बजारमा करेक्सन आए पनि कारोबार भने उच्च नै रहेको छ । आज नेप्सेमा २०७ वटा कम्पनीको ८ अर्ब २७ करोड ९७ लाख एक हजार ७७ रुपैयाँ बराबरको कारोबार भएको छ । ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.५८ अंकले ओरालो लागेको छ ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ समूह बढेका छन् भने अन्य समूह घटेका छन् । नेप्सेमा कारोबार हुने होटल र फाइनान्स समूहका लगानीकर्ताहरुले कमाएका छन् । होटल समूह ५४.०५ अंकले बढेर २ हजार ७२ दशमलव ८८ अंकमा पुगेको छ । उता वित्त समूहको १३.०७ अंकले बढेर १ हजार १ सय ७७.०१ अंकको विन्दुमा पुगेको छ । बाँकी सबै परिसूचकहरु भनेर घटेर राताम्मे देखिएका छन् । बैंकिङ समूह ६.८१ अंक, व्यापार समूह ९२.४२ अंक, विकास बैंक २९.४८ अंक, जलविद्युत समूह २७.५ अंक, निर्जिवन बिमा ९८.५७, उत्पादनमूलक समूह ४१.८७, लघुवित्त ५९.७२, जीबन बिमा ४१.०९ र म्युचुअल फण्ड ०.०३ अंकले गिरावट आएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका ४ कम्पनी भने ९ प्रतिशत भन्दा बढीले बढेका छन् । आज ९ प्रतिशत भन्दा बढीले बढ्नेमा गुराँस लघुवित्त वित्तिय संस्था, प्रभु लाईफ इनस्योरेन्स, युनाइटेड फाइनान्स र एभरेस्ट इन्स्योरेन्स कम्पनी रहेका छन् । 

images
प्रकाशित मिति :माघ १३, २०७७ मंगलवार - १५:३०:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology