काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले आजदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ ।
कम्पनीले ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयरमा आवेदकले फागुन ३ गतेसम्म आवेदन गर्न सक्नेछन् । गत पुस २८ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् ।
आफ्नो कायम हकभन्दा बढी कायम हकप्रद शेयरको लागि दरखास्त दिन पाइने छैन । तर साविक शेयरधनीले आफ्नो कायम हकभन्दा कम हकप्रद शेयर खरीद गर्न भने सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार रुपैयाँ रहेको छ ।
शतप्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार रुपैयाँ पुग्नेछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।