Logo

शनिवार, आश्विन २४ गते २०८३

images

तीन कम्पनीको शेयर मूल्य समायोजन

तीन कम्पनीको शेयर मूल्य समायोजन

दैनिकी न्यूज

१२, माघ २०७७
तीन कम्पनीको शेयर मूल्य समायोजन
images

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चर डभेलपमेण्ट कम्पनीको मूल्य समायोजन गरेको हो ।

तीन ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले गरिमा विकास बैंकको १३ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ३२४ रुपैयाँ, सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २१७ रुपैयाँ र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चरको २ दशमलव ८५ प्रतिशत बोनस शेयरको ३६९ रुपैयाँ तोकेको छ । 

images
प्रकाशित मिति :माघ १२, २०७७ सोमवार - १०:४०:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology