Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार ९ अर्ब ३७ करोड

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार ९ अर्ब ३७ करोड

दैनिकी न्यूज

११, माघ २०७७
नेप्से दोहोरो अंकले बढ्यो, कारोबार ९ अर्ब ३७ करोड
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन (आइतबार) दोहोरो अंकले बढेको छ ।

आज नेप्से ५०.२० अंकले बढेर २ हजार चार सय २४ दशमलब ८४ विन्दुमा पुगेको छ । यो विन्दु हालसम्मकै उच्च विन्दु हो । त्यस्तै, आज भने ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । गत मंसीर १४ गते नेप्सेमा ९ अर्व २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज २०७ वटा कम्पनीको ७९ हजार ४९८ कारोबार हुँदछा १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच भएको छ ।

आइतबार नेपाल लाइफको ६६ करोड ८२ लाख ७३ हजार बराबरको शेयर खरिद विक्री भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ७९ लाख बराबरको शेयर खरिद विक्री भएको छ । आइतबार नेपाल टेलिकमको पनि ३१ करोड ८९ लाख बराबरको शेयर खरिद विक्री भएको छ ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ।

आइतबार १५ वटा कम्पनीको शेयर बढेर सर्किट लागेको छ । गुराँस लाइफ, ग्रामिण विकास लघुवित्त, पोखरा फाइनान्स, मिथिला लघुवित्त लगायतका कम्पनीहरुको शेयरमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् । 

यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

images
प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - १५:३६:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology