काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावरले सर्बसाधारणलाई आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २ गते अनुमति प्रदान गरेको हो ।
अनुमति पाएसँगै अब कम्पनीले ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले जसमध्ये स्थानीय बासिन्दाका लागि निष्कासन गरी नबिकेको १६ लाख ९६ हजार ४०० कित्तासमेत गरेर कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।
ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।