Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति प्रस्ताव गर्यो महिला सहयात्राले लाभांश ?

कति प्रस्ताव गर्यो महिला सहयात्राले लाभांश ?

दैनिकी न्यूज

८, माघ २०७७
कति प्रस्ताव गर्यो महिला सहयात्राले लाभांश ?
images

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले गतआर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

माघ ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको १२२ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

images
प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - १०:५३:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology