Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने

दैनिकी न्यूज

६, माघ २०७७
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने
images

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिने हो । माघ २ गतेदेखि निष्काशन गरिएको आईपीओ आजबाट बन्द हुने भएको हो । उक्त बैंकको आईपीओ खरीदका लागि सोमवार ५ बजेसम्म ११ लाख ७७ हजार ९२० जनाको आवेदन परेको छ ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार यी आवेदकहरुबाट १४ करोड १९ लाख ९६ हजार ४२० कित्ताको लागि आवेदन परेको हो ।


उक्त कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सवैभन्दा बढी ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो ।


नेपाल धितोपत्र बोर्डले पुस १० गते नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई हालसम्कै ठूलो आईपीओ निष्कासनको अनुमति दिएको हो।

सेयर जारीपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुने छ। बैंकले जारी गरेको ८ अर्ब मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता सर्बसाधारणको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिनेछ ।

बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले बैंकको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ ।

बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

काठमाडौंको नयाँ बानेश्वरमा रजिष्टर्ड कार्यालय रहेको बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति प्राप्त गरी २०७५ फागुन २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।

नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन (आईपीओ) पनि हालसम्मकै ठूलो हो ।

मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई यो बैंक स्थापना भएको हो । 

images
प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - ०८:१५:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology