Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दोहोरो अंकले बढ्यो शेयर बजार, ६ अर्ब ३१ करोडको कारोबार

दोहोरो अंकले बढ्यो शेयर बजार, ६ अर्ब ३१ करोडको कारोबार

दैनिकी न्यूज

५, माघ २०७७
दोहोरो अंकले बढ्यो शेयर बजार, ६ अर्ब ३१ करोडको कारोबार
images

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से १७.३१ अंकले बढेर २ हजार ३ सय ३२ दशमलब ३१ विन्दुमा पुगेको कारोबार बन्द भएको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि २.१८ अंकले बढ्दै ४४५.६० विन्दुमा पुगेको छ ।

यो दिन कूल १ सय ७६ कम्पनीको १ करोड ५५ लाख कित्ता शेयर खरिद बिक्री हुँदा कूल ६ अर्ब ३१ करोडको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूह बाहेक अन्य समूह बढेका छन् । आज सबैभन्दा धेरै लगानीकर्ताको आकर्षण व्यापार तथा होटल उपसमूहतर्फ देखिएका छन् । व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ६.५८ प्रतिशतले वृद्धि भएको छ भने यसपछि होटल उपसमूहको सूचक ५.८२ प्रतिशतले वृद्धि भएको छ ।

बजारमा १ सय ७६ कम्पनीको कारोबार हुँदा यो दिन १ सय १० कम्पनीको मूल्य बढेको छ । ५३ कम्पनीको मूल्य घट्दा १३ कम्पनीको मूल्य स्थिर रहेको छ । यो दिन १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सबैभन्दा बढी वृद्धि छिमेक लघुवित्त वित्तीय संस्थाको छ । सबैभन्दा धेरै गिरावट समृद्धि फाइनान्सको ४.१४ प्रतिशतले भएको छ । 

images
प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - १६:०१:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology