काठमाडौं । बैंक अफ काठमाण्डूको बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १ करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
गत मंसिर १५ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले १३ प्रतिशत बोनस प्रस्ताव पारित गरेको थियो । कम्पनीको सभाले आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद (लाभांशमा लाग्ने करसमेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको थियो ।