काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा २०० रुपैयाँले घटेको हो । यो गिरावटसँगै आज प्रतितोला छापावाल सुन ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।

आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँ घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
तर आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार २३० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ ३० रुपैयाँले घटेर १ हजार २३० रुपैयाँ कायम भएको थियो ।