Logo

शनिवार, आश्विन २४ गते २०८३

images

माघ ११ गतेदेखि टि प्लस टु लागु हुने

माघ ११ गतेदेखि टि प्लस टु लागु हुने

दैनिकी न्यूज

३, माघ २०७७
माघ ११ गतेदेखि टि प्लस टु लागु हुने
images

काठमाडौं । माघ ११ गतेदेखि शेयर कारोबारमा टि प्लस टु लागु हुने भएको छ। शुक्रबार केन्द्रीय निक्षेप प्रणाली (सीडिएससि) र ब्रोकरबीच भएको छलफलमा माघ ११ गतेदेखि टि प्लस टु लागु गर्ने निर्णय भएको हो।

शुक्रबार भएको छलफलमा आगामी माघ ११ गतेदेखि टि प्लस टु कार्यन्वयनमा ल्याउने निर्णय भएको ब्रोकर एशोशियसनका अध्यक्ष सन्तोष मैनालीले बताए।

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिन कायम गर्ने बाटो यसअघि नै खोलिदिएको थियो । बोर्डले दुई दिनको राफसाफ चक्र कायम हुने गरी शंसोधनका लागि पेश गरेको विनियमावलीलाई स्वीकृति दिएको थियो । 

टि प्लस टु राफसाफ तथा फर्छ्यौट चक्र कार्यान्वयनमा आएपछि धितोपत्रको तरलता वृद्धि भई बजार थप गतिशिल हुने र लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने धितोपत्र बोर्डले बताएको छ ।

images
प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - १५:२१:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology