Logo

आइतवार, आश्विन २५ गते २०८३

images

चन्द्रागिरी हिल्सको आईपीओमा चौथोदिनसम्म कति आवेदन पर्यो ?

चन्द्रागिरी हिल्सको आईपीओमा चौथोदिनसम्म कति आवेदन पर्यो ?

दैनिकी न्यूज

२९, पौष २०७७
चन्द्रागिरी हिल्सको आईपीओमा चौथोदिनसम्म कति आवेदन पर्यो ?
images

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा मागभन्दा १७.५७ गुणा बढी आवेदन परेको छ । प्राथमिक निष्कासनको हालसम्मको रेकर्डमा कम्पनीको आईपीओमा आवेदनले ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आवेदन दिने अन्तिम दिन मंगलवारसम्म १२ लाख ५१ हजार १० जना आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन् ।

कम्पनीले पुस २४ गतेदेखि सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आईपीओमध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित रहेको छ ।

कम्पनीले छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्मको मिति तोकेपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै विक्री बन्द गरेको छ । 

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - ०६:१९:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology