Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सिभिल बैंकले गर्‍यो ८.४२ प्रतिशत लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?

सिभिल बैंकले गर्‍यो ८.४२ प्रतिशत लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

२७, पौष २०७७
सिभिल बैंकले गर्‍यो ८.४२ प्रतिशत लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको आज (सोमवार) बसेको सञ्चालक समितिको ३२५औं बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३.८८रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले उक्त लाभांश वितरण गर्न लागेको हो । 

images
प्रकाशित मिति :पौष २७, २०७७ सोमवार - २०:२३:२२ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology