Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सेयर बजार झिनो अंकको सुधार, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

सेयर बजार झिनो अंकको सुधार, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

दैनिकी न्यूज

२७, पौष २०७७
सेयर बजार झिनो अंकको सुधार, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले बढेको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागे पनि धेरै कम्पनीहरुको सेयर मूल्य ओरालो लागेको छ । कारोबार रकमका आधारमा वाणिज्य बैंकहरु नै अगाडि देखिएका छन् ।

सोमबार नेप्से परिसूचक ३.७० अंकले बढेर २ हजार २३९.४२ अंकमा पुगेर आजको कारोबार बन्द भएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.९६ अंकले बढेको छ ।

आज दिनभर भएका ४८ हजार ५३ कारोबारबाट २०७ कम्पनीका १ करोड ३५ लाख ६० हजार ७ सय ८३ कित्ता सेयर किनबेच भएका छन्, जसअनुसार कारोबार रकम ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९ सय ९३ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ वटा समूह घटेका छन् भने अन्य ५ वटा समूह बढेका छन् । यो दिन निर्जीवन बीमा समूह सबैभन्दा बढी १७६.९३ अंकले बढेको छ । बीमा समूह १६१.२९ अंक, बैंकिङ समूह २.८७ अंक, विकास बैंक समूह २८.५९ अंक, जलविद्युत् समूह ३.३८ अंक, वित्त समूह ११.५३ अंक र म्युचुअल फन्ड समूहमा ०.०५ अंकले बढेको छ । उता उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी ४१.३२ अंकको गिरावट आएको छ। अन्य समूह १४.६९ अंक, व्यापार समूह १३.३ अंक, होटेल्स् समूह ४.५६ अंक र लघुवित्त समूह ९.२३ अंकले ओरालो लागेका छन्।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक पहिलो नम्बरमा देखिएको छ । यस बैंकको ४२ करोड ६२ लाख १२ हजार ८१९ रुपैयाँको कारोबार भएको छ । प्रभुको २५ करोड १२ लाख ७३ हजार, एनएमबिको १८ करोड ६९ लाख ४ हजार, सिभिल बैंकको १८ करोड २९ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १८ करोड ५ लाख रुपैयाँ, कुमारी बैंकको १६ करोड ३२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १६ करोड ३० लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १४ करोड ६८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५४ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको १४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। आरम्भ चौतारी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो ।

यो दिन मल्टीपर्पस फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। 

images
प्रकाशित मिति :पौष २७, २०७७ सोमवार - १५:३३:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology