Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दैनिकी न्यूज

२७, पौष २०७७
सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
images

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (पुस २७ गते) अन्तिम दिन रहेको छ।

बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि (पुस २८ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम रहेका सेयरधनीहरुमात्र यो बैंकको प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंक गतआर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश बैंकको माघ १६ गते हुने १९ औँ वार्षिक साधारणबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरु हकदार हुनेछन् । 

images
प्रकाशित मिति :पौष २७, २०७७ सोमवार - ०९:३३:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology