Logo

आइतवार, आश्विन २५ गते २०८३

images

निर्धन उत्थान लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

निर्धन उत्थान लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

२६, पौष २०७७
निर्धन उत्थान लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ का लागि लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्त कम्पनीको पुस २४ गते (शुक्रबार) बसेको सञ्चालक समितिको २६९ औं बैठकले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १९ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर र ०.६८ प्रतिशतले हुन आउने १ करोड २ लाख ७३ हजार १५८ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन ्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्त कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरु हकदार हुनेछन् ।

 

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - १०:३०:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology