Logo

आइतवार, आश्विन २५ गते २०८३

images

चन्द्रागिरि हिल्सको आईपीओ आजदेखि निष्काशन

चन्द्रागिरि हिल्सको आईपीओ आजदेखि निष्काशन

दैनिकी न्यूज

२४, पौष २०७७
चन्द्रागिरि हिल्सको आईपीओ आजदेखि निष्काशन
images

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको आईपीओ आज (पुस २४ गते) देखि निष्काशन भएको छ । कम्पनीले निष्कासन गर्न लागेको प्रतिकित्ता १०० रुपैयाँ अंकित आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता शेयर मध्ये ४ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहेको १३ लाख ९६ हजार ४४ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिने भएको हो । उक्त आईपीओमा पुस २४ गतेदेखि छिटोमा पुस २८ गतेसम्म र ढिलोमा माघ १० गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ।

कम्पनीले गत मंसिर १७ गतेदेखि पुस १ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर जारी गरेको थियो ।

यस कम्पनीको चुक्ता पूँजी यस आईपीओ बाँडफाँटपश्चात १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ। 

images
प्रकाशित मिति :पौष २४, २०७७ शुक्रवार - ०५:३६:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology