काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.९१ अंकले बढेर २१९४.४९ विन्दुमा आएर कारोबार बबन्द भएको छ, यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो।
आज नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड १७ लाख ६७ हजार ४९२ कित्ता सेयर ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २७९ रुपैयाँमा कारोबार भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ।
यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १४४.८६ ले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ११५.८३ अंक, व्यापार समूह ११२.६१ अंक, बैंकिङ समूह १३.०४ अंक, होटेल्स् समूह ५.९४ अंक, विकास बैंक समूह १० अंक, जलविद्युत् समूह १०.६४ अंक, वित्त समूह १०.२४ अंक, लघुवित्त समूह ४६.५३ अंक, जीवन बीमा समूह ३८.८५ अंक र म्युचुअल फन्ड समूह ०.०१ अंकले बढेको छ । आज अन्य समूह ३.६४ अंकले गिरावट आएको छ ।
यो दिन प्रभु बैंकको सबैभन्दा बढी ३१ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४४ लाख रुपैयाँ, चिलिमेले हाइड्रोपावरको २४ करोड ७९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३ लाख रुपैयाँ, एनआईसी एसियाको २२ करोड ६१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड १७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १४ करोड ७६ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको १३ करोड ९० लाख रुपैयाँ, सानिमा बैंकको १२ करोड ८७ लाख रुपैयाँ र नेपाल टेलिकमको १२ करोड ४३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
यसदिन मल्टिपर्पोज फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, नारायणी डेभलोपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
यो दिन एभरेस्ट बैंकको सीपी र खानीखोला हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।