Logo

आइतवार, आश्विन २५ गते २०८३

images

गणपति लघुवित्तद्वारा लाभांश प्रस्ताव

गणपति लघुवित्तद्वारा लाभांश प्रस्ताव

दैनिकी न्यूज

२३, पौष २०७७
गणपति लघुवित्तद्वारा लाभांश प्रस्ताव
images

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

लघुवित्त कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ११ करोड ७ लाख ४५ हजार रुपैयाँको कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १ करोड ६६ लाख ११ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर र ०.७९ प्रतिशतले हुन आउने ८ लाख ७४ हजार ३०२.६३ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी चौथो वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरु हकदार हुनेछन् । 

images
प्रकाशित मिति :पौष २३, २०७७ बिहिवार - ११:१०:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology