काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ९९ औं बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र करसहित ६.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
फरवार्डले हाल ५० करोड ४ लाख १५ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश दिन लागेको हो । प्रस्तावित २५ प्रतिशत बोनस वितरणपछि यसको चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।