Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कतिमा समायोजन भयो नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य ?

कतिमा समायोजन भयो नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य ?

दैनिकी न्यूज

२२, पौष २०७७
कतिमा समायोजन भयो नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य ?
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको १३ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ४७८ रुपैयाँ तोकेको छ। बैंकको मंगलबार (पुस २१ गते) को अन्तिम कारोबारको आधारमा शेयरमूल्य समायोजन भएको हो। मंगलबार बैंकको शेयर प्रतिकित्ता ५४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले माघ ८ गते, बिहीबार बिहान १० बजे आफ्नो केन्द्रिय कार्यालय, दरबारमार्गमा ३४ औँ वार्षिक साधारण सभा डाकेको छ।

सभाले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र ५.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - ०८:१८:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology