Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मंगलबार पनि सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार पनि सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२१, पौष २०७७
मंगलबार पनि सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा साताको कारोबारको दोस्रो दिन (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । यस दिन सुन तोलामा १ हजार १००रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रति तोला ९६ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रति तोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

9-21.PNG

सोमबार पनि छापावाल सुन तोलामा ८०० रुपैयाँले बढेर प्रति तोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी पनि प्रति तोलामा १० रुपैयाँले बढेर कारोबार भैरहेको छ । चाँदी तोलाको भाउ प्रति तोला १३३५ रुपैयाँ रहेको छ । यसअघि सोमबार चाँदी तोलामा २५ रुपैयाँले बढेर १३२५ रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :पौष २१, २०७७ मंगलवार - १०:५७:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology