Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नारायणी डेभलपमेण्ट बैंकलाई हकप्रद विक्री गर्न बोर्डको अनुमति

नारायणी डेभलपमेण्ट बैंकलाई हकप्रद विक्री गर्न बोर्डको अनुमति

दैनिकी न्यूज

२१, पौष २०७७
नारायणी डेभलपमेण्ट बैंकलाई हकप्रद विक्री गर्न बोर्डको अनुमति
images

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले पुस २० गते कम्पनीलाई १ बराबर १ को अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो । यो हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

यस कम्पनीले उक्त हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै गत कात्तिक ७ गते बोर्डमा निवेदन दर्ता गराएको थियो ।

हाल दोस्रो बजारमा कम्पनीको शेयरमूल्य ४७६ रुपैयाँ कायम रहेको छ । 

 

images
प्रकाशित मिति :पौष २१, २०७७ मंगलवार - ०६:२५:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology