काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले करेक्सन भएको छ । आज नेप्से परिसूचक ६.३६ अंकले घटेर २१६९.०४ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७३ अंकले घटेर ४१५.१५ को विन्दुमा आएर बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २०२ कम्पनीका १ करोड १६ लाख ४३ हजार ४२९ कित्ता सेयर ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ रुपैयाँमा कारोबार भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटा समूहको शेयर मूल्य बढेको छ भने बाँकी ७ वटा समूहको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ५२.४७ अंकले बढेको छ । अन्य समूह ९.८५ अंक, विकास बैंक समूहमा ८.४२ अंक, जलविद्युत् समूह २.१४ अंक र वित्त समूह ५.६३ अंकले बढेको छ । उता आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १००.५२ अंकले गिरावट आएको छ । जीवन बीमा समूह ७६.३९ अंक, बैंकिङ समूह ११.२ अंक, व्यापार समूह ३.७७ अंक, होटेल्स् समूह ०.१५ अंक र लघुवित्त समूहमा ४.७३ अंकको गिरावट आएको छ भने म्युचुअल फन्ड समूह शूय प्रतिशतले स्थिर बनेको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ४६ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ४० करोड ७१ लाख, नेपाल टेलिकमको ३७ करोड ७८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २५ करोड ३३ लाख रुपैयाँ, एनसीसी बैंकको २५ करोड ७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २३ करोड ५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २१ करोड ५ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १९ करोड ५७ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १६ करोड ३७ लाख रुपैयाँ र सिद्धार्थ बैंकको १६ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
आज दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। जानकी फाइनान्सको ९.९६ प्रतिशत, किसान लघुवित्तको सेयरमूल्य ९.५० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.९४ प्रतिशत, राधी जलविद्युतको शेयर मूल्य ५.१७ प्रतिशतले बढेको छ ।
आज नेसनल माइक्रोफाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ। यो कम्पनीको सेयरमूल्य ५.८४ प्रतिशतले घटेको हो।