काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले संचालक समितिको पुस १६ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षबाट चुक्ता पूँजीको २.८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८१४ कित्ता बोनश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बोनस प्रयोजनको लागि लाग्ने कर बापत ०.१५ प्रतिशत अर्थात १६ लाख ९९ हजार २१ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश आगामी सााधारण सभाबाट पारित भएपछि शेयरनीले पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँ छ। बोनश वितरण पश्चात चुक्ता पूँजी एक अर्ब १६ करोड रुपैयाँ नाघ्ने छ। कम्पनीले गत साउनमा ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ बिक्री गरेको थियो।