काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बिहीबार) सामान्य गिरावट आएको छ । बुधबार सुनको भाउ प्रतितोला ९४ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९४ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको भाउ ९३ हजार ६ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३०० रहेको महासंघले जनाएको छ ।