काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ वटा बैंकका सेयरमूल्य समायोजन भएको छ।
गत आर्थिक वर्ष २०७६–०७७ को बोनस सेयरका लागि नेप्सेले नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक र कृषि विकास बैंकका सेयरमूल्य समायोजन गरेको हो। अब समायोजित मूल्यअनुसार नै यी बैंकहरुको आज पहिलो सेयर कारोबार हुनेछ ।
नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता नबिल बैंकको १ हजार ३८ रुपैयाँ, ग्लोबल आईएमई बैंकको ३०७ रुपैयाँ, नेपाल एसबीआई बैंकको ३८५ रुपैयाँ र कृषि विकास बैंकको ४२४ रुपैयाँ कायम गरेको छ।
यसअघि अन्तिम कारोबार मूल्यअनुसार नबिलको १ हजार ३८६ रुपैयाँ, ग्लोबल आईएमईको ३५० रुपैयाँ, नेपाल एसबीआई बैंकको ४०८ रुपैयाँ र कृषि विकास बैंकको ४८८ रुपैयाँ रहेको थियो।