Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेप्से परिसूचक झिनो अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

नेप्से परिसूचक झिनो अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दैनिकी न्यूज

१४, पौष २०७७
नेप्से परिसूचक झिनो अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक कारोबारको तेस्रो दिन मंगलबार पनि परिसूचक झिनो अंकले बढेको छ। आज परिसूचक ५ दशमलव ५७ अंकले बढेर २०१२.८९ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.१३ अंकले घटेर ३८२.४४ को विन्दुमा आएर बनद भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २०९ कम्पनीका ८० लाख १ हजार ३१४ कित्ता सेयर ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८०२ रुपैयाँमा कारोबार भएको छ।

आज नबिल बैंकको सर्वाधिक ५३ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम् सिमेन्ट्सको २७ करोड ९३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २३ करोड ५० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ९८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ७७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड ६ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको ११ करोड ८८ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सको ९ करोड ९७ लाख रुपैयाँ र नेपाल टेलिकमको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।


आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ४ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी ८ वटा समूहको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १९५.९ अंकले बढेको छ । अन्य समूह ५०.०७ अंक, निर्जीवन बीमा समूह ११.८५ अंक र लघुवित्त समूह ११.३७ अंकले बढेको छ । आज जीवन बीमा समूह सबैभन्दा धेरै ७०.०२ अंकले ओरालो लागेको छ। यो दिन बैंकिङ समूह ९.७ अंक, व्यापार समूह ३.२२ अंक, होटेल्स् समूह ४.५४ अंक, विकास बैंक समूह १८.९५ अंक, जलविद्युत् समूह १८.७२ अंक, वित्त समूह २.१५ अंक र म्युचुअल फन्ड समूह ०.०१ अंकको गिरावट आएको छ।

सामान्य अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । नागरिक लगानी कोष र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये नागरिक लगानी कोषको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात २७८ रुपैयाँले बढेर प्रतिकित्ता ३०६२ रुपैयाँ पुगेको छ । त्यस्तै, नारायणी डेभलपमेन्टको सेयर मूल्य ९.८९ प्रतिशतले बढेर प्रतिकित्ता ५०० रुपैयाँ पुगेको छ । जुन सोमबारको तुलनामा ४५ रुपैयाँले बढी हो ।

यो दिन मल्टीपर्पस फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको गिरावट आएको छ। 

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - १५:४०:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology