काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यस अनुसार फाइनान्सले ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ १३ पैसा बराबरको बोनस शेयर र २ करोड ४७ लाख १ हजार ९३५ रुपैयाँ ७७ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ।
पुस १२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।