Logo

आइतवार, आश्विन २५ गते २०८३

images

धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई आईपीओ निष्काशन गर्न बोर्डले दियो अनुमित

धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई आईपीओ निष्काशन गर्न बोर्डले दियो अनुमित

दैनिकी न्यूज

१२, पौष २०७७
धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई आईपीओ निष्काशन गर्न बोर्डले दियो अनुमित
images

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले पुस १० गते नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई हालसम्कै ठूलो आईपीओ निष्कासनको अनुमति दिएको हो।

बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्नेछ । मंसिर ३ गते बसेको साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

काठमाण्डौको नयाँ बानेश्वरमा रजिष्टर्ड कार्यालय रहेको बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति प्राप्त गरी २०७५ फागुन २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।

नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन पनि हालसम्मकै ठूलो हुनेछ ।

मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई यो बैंक स्थापना भएको हो । 

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - १३:१२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology