काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको पुस १० गते शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारण सभाले पारित भएपछि मात्र शेयरधनीहरु हकदार हुनेछन् ।