काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रवार बाँडफाँट भएको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको काठमाण्डौको नक्सालस्थित नारायणचौमा रहेको कार्यालयमा बिहान ११ बजे आईपीओ बाँडफाँड गरिएको हो।
क्यापिटलका अनुसार यो आईपीओमा कुल १० लाख ६२ हजार १४३ आवेदकले २ करोड ९३ लाख ८७ हजार ४३० कित्ता सेयर खदिरका लागि आवेदन दिएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट गरिएको थियो। जसअनुसार कुल ५ लाख ४० हजार आवेदकले मात्र १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी ५ लाख ४२ हजार १४३ आवेदकको हात खाली भएको छ।
कम्पनीको आईपीओमा १० लाख ५१ हजार २१६ जनाले आवेदन दिएकोमा २ हजार १६९ जनाको आवेदन रद्द भएको विक्री प्रवन्धकले बताएको छ । कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो ।