Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेप्सेमा ४ ओटा कम्पनीको मूल्य समायोजन

नेप्सेमा ४ ओटा कम्पनीको मूल्य समायोजन

दैनिकी न्यूज

१०, पौष २०७७
नेप्सेमा ४ ओटा कम्पनीको मूल्य समायोजन
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार ४ ओटा कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक र आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो ।

प्रभु बैंकले गत आव २०७६–०७७ को मुनाफबाट १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि बैंकले पुस २६ गते साधारण सभा बोलाएको छ । बैंकको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ३ सय ४१ रुपैया रहेको छ ।

एभरेष्ट बैंकले ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न पुस २७ गते केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । एभरेष्टको ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ६ सय ८१ रुपैयाँ तोकेको छ ।


त्यस्तै नेपाल बंगलादेश बैंकले ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । नेपाल बंगलादेश बैंकको ६ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २५० रुपैयाँ निर्धारण गरेको छ ।

आरएसडीसी लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ५८१ रुपैयाँ निर्धारण भएको छ । यहि मूल्यलाई आधार मानेर आइतबार लघुवित्तको सेयर कारोबार खुल्नेछ । आरएसडीसीले पुस २४ गते बस्ने साधारण सभाको लागि आज शुक्रबार पुस १० गते बुक क्लोज गरेको छ । जसअनुसार बिहीबारसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १०:०७:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology