Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज प्रभु लाइफको आईपीओ बाँडफाँड हुँदै

आज प्रभु लाइफको आईपीओ बाँडफाँड हुँदै

दैनिकी न्यूज

१०, पौष २०७७
आज प्रभु लाइफको आईपीओ बाँडफाँड हुँदै
images

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आज (शुक्रबार) बाँडफाँड हुँदैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आज बिहान ११ बजे आईपीओ बाँडफाँड हुने भएको हो ।

कम्पनीको आईपीओमा १० लाख ८२ हजार आबेदनबाट २ करोड ९३ लाख कित्ता शेयरको लागि २ अर्ब ९३ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको यो ५.४२ गुणा बढी हो ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो ।

माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - ०७:४३:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology