Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेपाल लाईफ इन्स्योरेन्सले ५१ प्रतिशत लाभांश प्रस्ताव गर्यो

नेपाल लाईफ इन्स्योरेन्सले ५१ प्रतिशत लाभांश प्रस्ताव गर्यो

दैनिकी न्यूज

७, पौष २०७७
नेपाल लाईफ इन्स्योरेन्सले ५१ प्रतिशत लाभांश प्रस्ताव गर्यो
images

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको ३११ औँ सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५–०७६को मुनाफाबाट शेयरधनीहरुलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने भएको हो ।

प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड पुग्ने छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

images
प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - १८:५३:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology