काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राजनितिक अस्थिरताले खासै प्रभाव पारेको देखिएको छैन । बरु लगानीकर्ताहरु थप उत्साहित भएझै प्रतित हुनेगरि आज साताको तेस्रो दिन हरियाली छाएको छ ।
आज नेप्से ९५.४६ अंकले बढेर दुई हजार ६१ दशमलब ४१ विन्दुमा पुगेको छ भने ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ८३ करोड ३६ लाख बराबरको भएको छ भने दोस्रोमा एनआईसी एसिया बैंकको ४६ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।