काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सनराइज बैंकको शेयर मूल्य समायोजन भएको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज पुस ७ देखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज कम्पनीको मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य २ सय ३९ कायम भएको छ । समायोजन अगाडि कम्पनीको शेयर मूल्य २ सय ५३ थियो । कम्पनीको ५ दशमलव ८० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
बैंकले साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
बैंकले पुस २४ गते बिहान १० बजे बालुवाटारको आम्रपाली ब्यान्क्वेटमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।