काठमाडौं । नबिल बैंक लिमिटेडले कर सहित कुल ३५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफा मध्येबाट ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्त पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ भने बोनस सेयर वितरणपछि १३ अर्ब ४५ करोड पुग्नेछ ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
नबिलको प्रस्तावित लाभांश यस वर्षको हालसम्म घोषणा भएको वाणिज्य बैंकहरुमध्यकै उत्कृष्ठ लाभांश हो ।
गत वर्ष यस बैंकले १२ दशमलव बोनस शेयर र २२ दशमलव नगद गरी कुल ३४ प्रतिशत लाभांश दिएको थियो । कोरोना प्रभावका कारण अधिकांश बैंकहरुको लाभांशमा कमि आउँदा नबिल बैंकले भने बढाएर लाभांश वितरणको प्रस्ताव गरेको हो ।