काठमाडौं । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको ४२ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त शेयर आइतबार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनी शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि ९८ रुपैयाँ ७९ पैसा रुपैयाँ देखि २९६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग प्राइस तोकिएको छ । त्यस अनुसार आइतबार कारोबार हुनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले युएमआरएच कारोबार संकेत प्रदान गरेको छ ।