Logo

आइतवार, आश्विन २५ गते २०८३

images

प्रभु बैंकको साधारण सभा पुस २६ गते

प्रभु बैंकको साधारण सभा पुस २६ गते

दैनिकी न्यूज

३, पौष २०७७
प्रभु बैंकको साधारण सभा पुस २६ गते
images

काठमाडौं । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको १९औं वार्षिक साधारण सभा पुस २६ गते आइतबार बैंकको केन्द्रिय कार्यालय बबरमहलमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुने भएको हो ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ ।

सभाको अन्य प्रस्तावमा ऋणपत्र जारी गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

images
प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - ०९:५३:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology