Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नागरिक लगानी कोषलाई हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

नागरिक लगानी कोषलाई हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

दैनिकी न्यूज

२, पौष २०७७
नागरिक लगानी कोषलाई हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति
images

काठमाडौं । नागरिक लगानी कोषलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । कोषलाई आज बोर्डले १ बराबर ०.८२८४ को अनुपातमा हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।

त्यस अनुसार कोषले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजाार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कोषले हकप्रद निष्काशनको माग गर्दै भदौ २२ गते बोर्डमा निवेदन दिएको थियो ।

कोषको हकप्रद विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल कोषको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ छ । हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ । कोषको नयाँ संशोधति ऐनअनुसार चुक्ता पूँजी बढाउने व्यवस्था गरिएको थियो । 

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - १३:३९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology