Logo

आइतवार, आश्विन २५ गते २०८३

images

स्पर्श लघुवित्तद्वारा २०.५३ प्रतिशत लाभांश वितरण गर्ने

स्पर्श लघुवित्तद्वारा २०.५३ प्रतिशत लाभांश वितरण गर्ने

दैनिकी न्यूज

३०, मंसिर २०७७
स्पर्श लघुवित्तद्वारा २०.५३ प्रतिशत लाभांश वितरण गर्ने
images

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले १९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापूँजी ९ करोड ३७ लाख ४८ हजार १९० को आधारमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

images
प्रकाशित मिति :मंसिर ३०, २०७७ मंगलवार - ११:४५:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology