Logo

आइतवार, आश्विन २५ गते २०८३

images

दोहोरो अंकले बढ्यो नेप्से सूचक

दोहोरो अंकले बढ्यो नेप्से सूचक

दैनिकी न्यूज

२८, मंसिर २०७७
दोहोरो अंकले बढ्यो नेप्से सूचक
images

काठमाडौं । । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज परिसूचक ४६ दशमलव ४३ अंकले बढेर नेप्से २०१० दशमलव ४५ विन्दुमा उक्लिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २०३ कम्पनीका ९० लाख ५० हजार १६ कित्ता सेयर ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ६७ करोड १ लाख, नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड ९४ लाख, हिमालयन डिस्टिलरीको ३० करोड ६५ लाख, माथिल्लो तामाकोशीको १८ करोड १७ लाख, चिलिमे हाइड्रोपावरको १५ करोड २८ लाख, एनआईसी एसिया बैंकको १५ करोड १० लाख, एनटीसीको १४ करोड ३५ लाख, शिवम् सिमेन्ट्स १३ करोड ३६ लाख, नबिल बैंकको १२ करोड ६५ लाख र प्रभु बैंकको १२ करोड १९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ३ वटा समूहको शेयर मूल्य घटेको छ । यो दिन जीवन बीमा समूह सर्वाधिक ५२८.४३ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन समूह २७२.५४ अंक, बैंकिङ समूह ४५.७७ अंक, विकास बैंक समूह ३६.७१ अंक, वित्त समूह ७.२२ अंक, निर्जीवन बीमा समूह १७४.०५ अंक, अन्य समूह १५.३ अंक, लघुवित्त समूह ५६.२९ अंक र म्युचुअल फन्ड समूह ०.११ अंकले बढेको छ । उता आज व्यापार समूह सर्वाधिक २०.८६ अंकले गिरावट आएको छ । जलविद्युत् समूह २८.९५ अंक, होटेल्स् समूह ५.६८ अंकको गिरावट आएको छ ।

आज तीनवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन महुली सामुदायिक लघुवित्त, साधना लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

यो दिन माथिल्लो तामाकोशीको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ। यो कम्पनीको सेयरमूल्य ५ प्रतिशतको हाराहारीमा घटेको हो। 

images
प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - १७:३८:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology