काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।
अघिल्लो दिन बिहिबार तोलामा ९ सयले घटेको सुनको मूल्य आज स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ ९२ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।