Logo

आइतवार, आश्विन २५ गते २०८३

images

६ लाख ४२ हजार कित्ता शेयर सूचीकृत

६ लाख ४२ हजार कित्ता शेयर सूचीकृत

दैनिकी न्यूज

२५, मंसिर २०७७
६ लाख ४२ हजार कित्ता शेयर सूचीकृत
images

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ लाख ४२ हजार २२१ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार सूचीकृत भएको छ ।

नेप्सेले एक सूचना जारी गर्दै नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १००ः९५ को अनुपातमा गाभिंदा कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १०० रुपियाँ दरको ६ लाख ४२ हजार २२१ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको बताएको छ ।
यसैगरी बिहीवारबाटै मर्जर प्रयोजनका लागि रोक्का भएको उक्त कम्पनीको शेयर कारोबारसमेत फुकुवा गरिएको नेप्सेले बताएको छ ।

images
प्रकाशित मिति :मंसिर २५, २०७७ बिहिवार - १७:१८:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology