Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेप्से सूचक ३९ अंकले घट्यो, यी हुन सर्वाधिक कमाउने कम्पनी

नेप्से सूचक ३९ अंकले घट्यो, यी हुन सर्वाधिक कमाउने कम्पनी

दैनिकी न्यूज

२४, मंसिर २०७७
नेप्से सूचक ३९ अंकले घट्यो, यी हुन सर्वाधिक कमाउने कम्पनी
images

काठमाडौं । शेयर बजार परिसूचक मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार ३९.६० अंकले घटेर १ हजार ९५५ दशमलव ७५ अंकमा बन्द भएको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये २०१ कम्पनीका १ करोड ८ लाख २१ हजार ९७२ कित्ता सेयर ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँमा कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये जलविद्युत समूहमात्रै २.८९ अंकले बढेर हरियाली छाएको छ। बाँकी ११ वटा समूहको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन जीवन बीमा समूह सर्वाधिक २७०.४६ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह २२५.१३ अंक, बैंकिङ समूहमा ३०.५९ अंक, व्यापार समूहमा ९९.२६ अंक, होटेल्स् समूहमा ५९.९४ अंक, विकास बैंक समूहमा २२ अंक, वित्त समूह २.५८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ९८.५४ अंक, अन्य समूहमा ४६.८५ अंक, लघुवित्त समूहमा ६९.८ अंक र मुच्युअल फन्ड समूहमा ०.१५ अंकको गिरावट आएको छ।

आजको बजारमा पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको ४२ करोड ४२ लाख ७२ हजारको शेयर कारोबार भएकोमा शेयरमूल्य भने ६५ रुपैयाँले घटेर १५४० रुपैयाँमा झरेको छ । यस्तै दोस्रो ठूलो कारोबार भएको अपर तामाकोशीको २५ करोड ९४ लाख, अरुण काबेली २३ करोड २१ लाख र नेपाल लाइफको २० करोड २६ लाखको शेयर कारोबार भयो । रसुवागढी हाइड्रोपावर, नेपाल बैंक, एनटिसी, शिवम् सिमेन्टस्, आईएमई जनरल इन्स्योरेन्स, र नागरिक लगानी कोष शीर्ष कारोबार हुने दश कम्पनीभित्र परेका छन् ।

यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशतले बढेको छ भने साञ्जेन हाइड्रोपावरको ९।८९ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ७.३२ प्रतिशत र नेपाल ल्युवको ४.६२ प्रतिशतले बढेको छ।

त्यसैगरी अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.५६ प्रतिशतले घटेको छ भने हिमालयन उर्जाको ५ प्रतिशत, साल्ट ट्रेडिङको ४.९१ प्रतिशत र कालिका पावरको ४.८५ प्रतिशतले घटेको छ। 

images
प्रकाशित मिति :मंसिर २४, २०७७ बुधवार - १९:००:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology